सार्वजनिक व्यवस्थापन (Public Management)
for HA | SN | CMA | ANM | Lab | Pharmacy
विषयसूची (Table of Contents)
अध्याय १: सार्वजनिक व्यवस्थापन
1.1 कार्यालय व्यवस्थापन (Office Management)
1.1.1 कार्यालय: परिचय, महत्व, कार्य र प्रकार
1.1.2 सहायक कर्मचारी: कार्य र गुणहरु
1.1.3 कार्यालय स्रोत साधन: परिचय र प्रकार
1.1.4 कार्यालयमा सञ्चार: महत्व, किसिम र साधन
1.1.5 कार्यालय कार्यविधि (Office Procedure)
1.1.6 अभिलेख व्यवस्थापन (Record Management)
1.2 निजामति सेवा र नियमावली (Civil Service Act and Regulation)
1.2.1 निजामति सेवाको परिचय (Introduction to Civil Service)
1.2.4 निजामति कर्मचारीले पालन गर्नु पर्ने आचरणहरु (Code of Conduct)
1.3 सरकारी बजेट, लेखा र लेखापरीक्षण (Government Budget, Accounting, and Auditing)
१. सार्वजनिक व्यवस्थापन (Public Management)
1.1 कार्यालय व्यवस्थापन (Office Management)
1.1.1 कार्यालय परिचय, महत्व, कार्य र प्रकार
Office is derived from latin word “officium” which means ” performance of a task “
कार्यालय (office): कार्यालय शब्द कार्य + आलय मिलेर बनेको छ, जसमा कार्यको अर्थ काम र आलय को अर्थ स्थान भन्ने हुन्छ अर्थात काम गर्ने स्थानलाई कार्यालय भनिन्छ ।
सामान्यतया कार्यालय भन्नाले काम गर्ने ठाउँ भनेर बुझिन्छ तर कार्य सम्पादन हुने सबै स्थान लाई कार्यालय मान्न सकिदैन, कार्यालय हुन को
लागि कार्यहरु संगठित रुपमा तयार गरिएको हुनु पर्दछ र कार्यहरु कुनै उदेश्य प्राप्ति संग जोडिएको हुनु पर्दछ ।
Office is room or set of rooms or building used as a place for commercial, professional or bureaucratic work.
George R. Terry का अनुसार कार्यालय भन्नाले त्यस्तो स्थान लाई बुझाउछ जहाँ संगठन लै नियन्त्रण गर्ने संयन्त्र रहेको हुन्छ ।
OFFICE:
- O → Open
- F → Finance
- F → Fixed time
- I → Institution
- C → Controlling mechanism / Consistency
- E → Equipement
कार्यालयको महत्व (Importance of Office)
- सेवा केन्द्र को रुपमा (as service center)
- सूचना केन्द्र को रुपमा (as information center)
- संचार मध्यम को रुपमा (as a channel of communication)
- समन्वय केन्द्र को रुपमा (as of co-ordination center)
- नियन्त्रण केन्द्रको रुपमा (as a controlling center)
- स्मरण केन्द्र को रुपमा (as a memory center)
- मध्यस्थताको रुपमा (as an intermediary center)
कार्यालयका कार्यहरु (Function of Office)
- प्राथमिक/नियमित/आधारभूत कार्यहरु (Basic/Routine/Fundamental/Functions)
a) सूचनाको खोजि र संकलन गर्ने
b) संकलित सूचना र जानकारीको व्यवस्थित अभिलेखन राख्नु
c) सूचना प्रशोधन र व्यवस्थित राख्नु
d) सूचनाको सञ्चार गर्ने
e) माग अनुसार सूचना आपुर्ति गर्ने
f) आवश्यकता अनुसार सूचनाको संरक्षण गर्नु
g) प्रशासन संचालन गर्नु
h) सम्पर्क बिन्दुको रुपमा कार्य गर्नु - व्यवस्थापकीय प्रशासकीय कार्यहरु (Managerial/Administrative Functions)
a) नीति योजना तथा कार्यक्रम तर्जुमा र कार्यान्वयन
b) मानव संसाधन व्यवस्थापन
c) कार्यलयलाई आवश्यक पर्ने स्रोत र साधनको व्यवस्थापन
d) संगठनको सम्पतिको सुरक्षाको कार्य
e) अभिलेख व्यवस्थापन सम्बन्धी कार्य
f) बजेट तथा लेखा सम्बन्धी कार्य
g) न्याय सम्बन्धी कार्य
h) सुरक्षा व्यवस्थापन सम्बन्धी कार्य आयोजना व्यवस्थापन सम्बन्धी कार्य
j) अनुगमन मूल्याङ्कन नियन्त्रण तथा निर्देशन सम्बन्धी कार्य
k) सहकार्य समन्वय एवं उत्प्रेरणा सम्बन्धी कार्य आदि
कार्यालयका प्रकारहरु (Types of Office)
वर्तमान राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा प्रचलन रहेका कार्यालय निम्न बमोजिम वर्गीकरण गर्न सकिन्छ ।
१. स्वामित्वको आधारमा (On the basis of ownership)
- क. सार्वजनिक वा सरकारी कार्यालय (Public/Government Office): सरकारको लगानी र स्वामित्व र नियन्त्रणमा रहेको कार्यालयलाई सार्वजनिक कार्यालयहरु भनिन्छ । यी कार्यालयहरु नागरिक र राष्ट्रको बृहत्तर हित गर्न स्थापना भएका हुन्छन जस्तै :- प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय |
- ख. निजि तथा गैरसरकारी कार्यालय (Private/Non-government Office): निजि क्षेत्रको लगानी, स्वामित्व र नियन्त्रणमा स्थापित कार्यालय हरु निजि कार्यालयहरु हुन् । यी कार्यालय हरु नाफा आर्जन गर्ने स्थापना गरिन्छ | जस्तै बुध एयर, नबिल बैंक |
२. शासकीय संरचनाको आधारमा (On the basis of administration structure)
- क. स्थानीय तहका कार्यालय हरु (Local level office): सेवा प्रवाह र बिकाश कार्य संचालन गर्न बैधानिक तरिकाले स्थापना गरिएका स्थानीय स्तरका कार्यालय हरु यस अन्तर्गत पर्दछ । संघिय नेपालमा हाल ७५३ वटा स्थानीय तहहरु को कार्यालय स्थापना गरिएका छन ।
- ख. प्रदेशिक कार्यालय (Federal office/Provincial office): संघ र स्थानीय सरकारलाई जोड्ने गरि स्थापना गरिएको प्रदेश सरकार मातहतका कार्यालयहरु यस अन्तर्गत पर्दछन । नेपालमा ७ वटा प्रदेश हरु रहेका छन र प्रत्यक प्रदेशमा प्रदेशिक कार्यालयहरु स्थापन गरिएका हुन्छन ।
- ग. केन्द्रीय कार्यालय (Central office): केन्द्रीय सरकार मातहातका कार्यालयहरु यस अन्तर्गत पर्दछन । केन्द्रीय मन्त्रालयहरु, आयोगहरु, निर्देशनालयहरु आदि केन्द्रीय कार्यालय हरु अनतर्गत पर्दछन ।
३. भौगोलिक सिमानाको आधारमा (On the basis of geographical boundaries)
- क. राष्ट्रिय कार्यालय (National office): देशको सिमाना भित्र कार्य गर्न स्थापित कार्यालयहरु जस्तै :- मानव अधिकार आयोगको कार्यलय, महालेखा परिक्षाको कार्यालय ।
- ख. अन्तरास्ट्रिय कार्यालय (International office): दुइ वा दुइ भन्दा धेरै देशहरुमा कार्य गर्न स्थापना गरिएका कार्यालय अन्तराष्ट्रिय कार्यालय हो । जस्तै :- युनेस्को, विश्व बैंक ।
४. संगठिन संरचनाको आधारमा (On the basis of organizational structures)
- क. अग्र कार्यालय (Front office): जनसम्पर्क स्थापना गर्ने र प्रत्यक्ष सेवा गर्ने कार्यालय हरु जस्तै मालपोत कार्यालय, यातायात कार्यालय
- ख. मध्य कार्यालय (Middle office): मध्यस्थता, सामान्य र सहकार्य स्थापित गर्ने कार्यालयहरु | जस्तै : जिल्ला समन्वय समितिको कार्यलय
- ग. पृष्ठ कार्यालय (Back office): नीति, योजना तर्जुमा गर्ने कार्यालयहरु जस्तै :- राष्ट्रिय योजना आयोगको कार्यालय |
५. प्रकृतिको आधारमा (On the basis of nature)
- क. स्थायी कार्यालय (Permanent office): निरन्तर संचालन रहिरहने कार्यालयहरु जस्तै जिल्ला प्रशासन कार्यालय |
- ख. अस्थायी कार्यालय (Temporary office): निश्चित उदेश्य हासिल गर्न अस्थायी तरिकाबाट स्थापित कार्यालयहरु जस्तै: जनगणना प्रयोजनका लागि अस्थायी संरचना खडा गरि संचालित हुने कार्यालय, कोभिड नियन्त्रणका लागि खोलिएको कार्यालय |
1.1.2 सहायक कर्मचारीका कार्य र गुणहरु
कर्मचारी (Personal):
निश्चित संगठन संरचनामा आबद्ध भई बिध्मान ऐन, नियम र कार्यविधिको अधिनमा रही कार्य सम्पादन गर्ने व्यक्तिलाई नै कर्मचारी भनिन्छ ।
कर्मचारीको प्रकार (Types of Personal)
१. निजामती सेवा ऐन २०४९ अनुसार (Civil Service Act):
| राजपंत्राकित कर्मचारी | राजपत्र अनंकित कर्मचारी |
| १. राजपंत्राकित विशिष्ट श्रेणी (सचिव) | राजपत्र अंकित प्रथम श्रेणी (नायब सुब्बा) |
| २. राजपंत्राकित प्रथम श्रेणी (सह सचिव) | राजपत्र अंकित द्वितीय श्रेणी (खरिदार) |
| ३. राजपंत्राकित द्वितीय श्रेणी (उप सचिव) | राजपत्र अंकित तृतीय श्रेणी (मुखिया) |
| ४. राजपंत्राकित तृतीय श्रेणी (शाखा अधिकृत) | राजपत्र अंकित चतुर्थी श्रेणी (बैदार) |
| राजपत्र अंकित पाचौ श्रेणी (का.स.) |
२. काम गर्ने प्रकृतिको आधारमा (Based on nature of work):
- क. प्राबिधिक कर्मचारी
- ख. अप्राबधिक कर्मचारी
३. स्थायित्वका आधारमा (On the basis of sustainabilites):
- क. स्थायी कर्मचारी
- ख. अस्थायी कर्मचारी
४. स्तरका आधारमा (Based on level):
- क. अधिकृत स्तर
- ख. सहायक स्तर
५. संगठनका आधारमा (Based on organization):
- क. सरकारी कर्मचारी
- ख. निजि कर्मचारी
६. छनौटका आधारमा (On the basis of Appointment):
- क. योग्यतामा आधारित कर्मचारी
- ख. नियुक्तिमा आधारित कर्मचारी
सहायक कर्मचारी (Assistant Personal):
अधिकृत स्तर वा सो भन्दा माथिको तहबाट प्राप्त निर्देशन वा आदेश, जारी भएका परिपत्रहरु आदिका आधारमा कार्य सम्पादन गर्ने कर्मचारीहरु नै सहायक कर्मचारी हुन् ।
सहायक कर्मचारीका प्रकार: ३
१. फाँटवाला
२. पी.ए.
३. सम्पर्क सहायक
सहायक कर्मचारीका कार्यहरु:
१. अभिलेख ब्यबस्थापन (Records management)
२. दर्ता र चलानी (Registration and dispatch)
३. सेवा प्रबाह (Service delivered)
४. सूचनाको ब्यबस्थापन (Information management)
५. निर्देशनको पालना (Follow the instruction)
६. सार्वजनिक सम्पतिको संरक्षण (Protection of public property)
७. नीति कार्यान्वयन (Policy implementation)
८. प्रतिबेदन तयार गर्ने (Making report)
९. सक्रिय सम्भागिता (Active participation)
१०. जिन्सी ब्यबस्थापन (Goods management)
११. तथ्यांङ्क संकलन (Data collection)
१२. बिकाश निर्माण सहयोगी (Development management)
सहायक कर्मचारीका गुणहरु:
| गुण | गुण | गुण |
| सकरात्मक सोच | मैत्रीपूर्ण व्यवहार | नियम विधि कानूनको पालना |
| गतिशिलता | सदाचार एवं नैतिकता | संयम |
| मिलनसार | शिष्टाचार | नियमितता |
| समयको परिपालना | आत्मविश्वास | विश्वासनियता |
1.1.3 कार्यालय स्रोत साधनको (Office Resources) परिचय र प्रकार
कार्यालय स्रोत साधन (Office Resources):
- कार्यालयका लक्ष्यहरु/उदेश्यहरु हासिल गर्न आवश्यक पर्ने मनविय, भौतिक, प्राबिधिक लगायतका स्रोत साधन नै कार्यालय स्रोत साधन हुन् ।
- कार्यालयको प्रकृति अनुसार आवश्यक पर्ने सबै किसिमका स्रोत साधनलाई नै कार्यालय स्रोत साधन भनिन्छ ।
कार्यालयका स्रोत साधनको वर्गीकरण:
- मानविय स्रोत:संगठनका कर्मचारीहरु जुन कार्यालयका जीवित र प्रमुख स्रोत हो ।
- कार्यालय जनशक्ति – २ (प्रशासनिक र प्राबिधिक)
- प्राबिधिक कर्मचारी – ३ (दक्ष, अर्धदक्ष र अदक्ष)
- भौतिक स्रोत:भवन, फर्निचर लगायत सामग्री आदि
- वितिय स्रोत:कार्यालय संचालनको लागि आर्थिक सम्पति
- साधन तथा उपकरणजन्य स्रोत:गाडी, मोटरसाइकल विभिन्न मेसिन तथा उपकरणहरु
- प्रबिधिगत स्रोतहरु:computer, internet, telephone, fax, printer आदि
- बौद्धिक सम्पति:बौद्धिक क्षमताको स्रोत ।
कार्यालय स्रोत साधनहरुलाई निम्न अनुसार पनि वर्गीकरण गर्न सकिन्छ:
१. सजीव र निर्जीव
२. मानबिय र अमानबिय
३. देखिने र नदेखिने
४. चालु र पुजीगत
५. नगदी र जिन्सी
६. आन्तरिक र बाह्य
७. भौतिक र अभौतिक
कार्यालयमा स्रोत साधनको आवश्यकता:
- मानव स्रोत मार्फत अन्य सबै किसिमको स्रोत साधनको परिचालन गर्न
- कार्यालय संचालनको आधार नै कार्यालय स्रोत साधन हुन् ।
- कार्यालयले लिएको लक्ष्य उदेश्य हासिल गर्न
- सेवा प्रवाहमा सहजता ल्याउन, गुणस्तरीय कायम गर्न
- भौतिक निर्माण गर्न, भौतिक सामग्रीको प्राप्ति गर्न
- ब्यबस्थाकार्य सम्पादन गर्न
- सूचना तथा संचार प्रविधिको प्रयोग गर्न
- आधारभूत कार्यहरु संचालन गर्न ।
कार्यालय स्रोत साधनमा रहेका समस्याहरु:
- नीतिगत समस्या
- प्रयोगमा समस्या
- उपलब्धतामा समस्या
- अनुगमन र मुल्यांकन समस्या
- सुशासनमा समस्या
|
समाधानका उपायहरु:
१. नीतिगत उपाय
२. प्रयोगमा सुधार
३. उपलाब्धमा सुधार
४. प्रभावकारी अनुगमन र मुल्यांकन
५. स्रोत साधनको प्रयोगमा सुशासन
1.1.4 कार्यालयमा सञ्चारको महत्व, किसिम र साधन
सञ्चार (Communication):
सामान्यतया दुई वा सो भन्दा बढी पात्रहरुवीच सूचना आदानप्रदान गर्नु नै सञ्चार हो । एक व्यक्तिले अर्को व्यक्तिलाई निश्चित सन्देश प्रवाह गर्ने क्रममा प्रयोग गर्ने प्रक्रिया, माध्यम संकेत र बुझाईको संयुक्त रुप नै सञ्चार हो ।
कार्यालय सञ्चार:
कार्यालयको दैनिक कार्य सञ्चालन गर्ने, निर्णय गर्ने वा सेवा ग्राहीहरुसँग सम्पर्क स्थापना गर्ने, जानकारी विचार आदिको आदानप्रदान गर्ने कार्य नै कार्यालयको सञ्चार हो ।
संचारका तत्वहरु (Elements of Communication – 5):
१. Sender
२. Message
३. Channel
४. Receiver
५. Feedback
कार्यालयमा सञ्चारको महत्व:
- ज्ञानको क्षेत्र अभिवृद्धि गर्न
- सचेतना वृद्धि गर्न
- कार्यालयमा सुशासन कायम गर्न
- निर्णयलाई प्रभावकारी बनाउन
- कार्यालयमा सेवाग्राही र सेवा प्रदायकवीच सम्बन्ध स्थापना गर्न
- कार्यालयका सबैको पहुँच वृद्धि गर्न
- सहभागिता बढाउन
- कार्यालयका लक्ष्य-उद्देश्य हासिल गर्न
- प्रभावकारी योजना निर्माण गर्न
- अनुगमन र मूल्याङ्कनका आवश्यक वातावरण तयार गर्न
- कार्यालयमा गरिने निर्णयहरुको आधार नै सञ्चार हो ।
सञ्चारका माध्यमहरु (४ प्रकारका):
- लिखित माध्यमहरु:
- चिठी, टिप्पणी, फर्म, पर्चा, प्रतिवेदन, तोक आदेश, लिखित आदेश
- मौखिक माध्यमहरु:
- टेलिफोन वार्ता, प्रत्यक्ष गफगाफ, बैठक, संवाद, बहस, छलफल
- साङकेतिक माध्यमहरु:
- ट्राफिक लाइट, सडक छेउका चिन्हहरु, बोर्डहरु, जेब्रा क्रसिङ
|
- अन्य माध्यमहरु:
- radio, television, telephone, fax, email, seminar
सञ्चारका प्रकारहरु:
१) मौखिक सञ्चार
२) दृश्य सञ्चार
३) श्रव्य दृश्य सञ्चार
४) औपचारिक सञ्चार
५) अनौपचारिक सञ्चार
६) एकोहोरो सञ्चार
७) दोहोरो सञ्चार
|
असल सञ्चारमा हुनु पर्ने गुणहरु:
१) स्पष्टता (Clarity)
२) एकरुपता/स्थिरता (Consistency)
३) शिष्टता (Courtesy)
४) उद्देश्यमूलक (Purposeful)
५) वास्तविकतामा आधारित (Reality Based)
६) समयवद्धता (Timeliness)
७) विश्वसनीयता (Reliability)
८) पर्याप्तता (Adequacy)
९) निरन्तरता (Continuity)
सञ्चारका विशेषताहरु:
१) २ वा सोभन्दा बढीको संलग्नता रहेको हुन्छ ।
२) सञ्चार निरन्तर चल्ने प्रक्रिया हो ।
३) व्यवस्थापनको प्रमुख अंग हो ।
४) यो व्यापक प्रक्रिया हो ।
५) यो प्रमुख प्रशासकिय कार्य हो ।
६) समन्वय स्थापनाको आधार हो ।
७) संगठनको रक्तसञ्चार हो ।
८) सूचना, चाहना र विचारको आदान प्रदान हो ।
1.1.5 कार्यालय कार्यविधि (Office Procedure): पत्र व्यवहार, दर्ता र चलानी, परिपत्र, तोक आदेश, टिप्पणी लेखन र टिप्पणी लेख्दा ध्यान दिनु पर्ने कुराहरु
पत्रव्यवहार (Correspondence):
- एक व्यक्ति, कार्यालय, निकाय वा संस्थाले अर्को व्यक्ति कार्यालय, निकाय वा संस्थालाई लिखित रुपमा पठाउने विवरण वा सन्देशलाई पत्र व्यवहार भनिन्छ ।
- सरकारी, निजी र व्यवसायिक कार्यालयहरुले एक आपसमा गर्ने पत्रको आदान प्रदानलाई नै कार्यालय सञ्चालनको सन्दर्भमा पत्र व्यवहार भनिन्छ ।
पत्र व्यवहारका उदेश्य/आवश्यकता/महत्वहरु:
- एक व्यक्ति, कार्यालय, निकाय वा संस्थाबाट अर्को व्यक्ति कार्यालय, निकाय वा संस्थासँग औपचारिक सम्पर्क कायम गर्न ।
- लिखित रुपमा प्रमाणित अभिलेख तयार गर्न ।
- दुवै पक्षबीच असल सम्बन्ध स्थापित गरी सुमधुर एवं स्थायी बनाउन ।
- सरोकारवाला विभिन्न कार्यालयहरुवीच असल समन्वय स्थापित गर्न ।
- विविध विषयमा सुझाव, निर्देशन तथा सूचनाको आदानप्रदान गर्ने ।
- सरल, सस्तो, छिटो, आधिकारिक एवं सुविधायुक्त रुपमा सञ्चार गर्न
- आधिकारिक जानकारी प्राप्त गर्नु र प्रदान गर्नु ।
- भविष्यका लागि आवश्यक पर्ने प्रमाण तयार गर्न ।
एउटा आदर्श चिठीपत्रमा हुनु पर्ने गुणहरु:
- चिठीमा सामान्य भाषाको प्रयोग गरिएको र सरल खालको हुनु पर्छ ।
- दोहोरो अर्थ नलाग्ने गरी पत्र स्पष्ट हुनु पर्छ ।
- पत्रमा अनावश्यक कुराहरु राख्नु हुदैन र मूख्य कुरा नछुटने गरी संक्षिप्त हुनु पर्छ ।
- पत्रमा शिष्ट भाषाको प्रयोग गरिनु पर्छ ताकि पठाउने र पाउने बीचको सम्बन्ध सुमधुर रहोस ।
- पत्रमा दिनु पर्ने सबै जानकारी छुटाउनु हुदैन ।
- पत्रमा मौलिक शब्दहरुको प्रयोग गरिनु पर्दछ ।
- पत्रमा प्रयोग गरिएका शब्द, तथ्य, तथ्याङक शुद्ध हुनु पर्दछ ।
-
Merohealthline.com पत्र समय सापेक्ष सान्दर्भिक हुनु पर्दछ ।
चिठीका प्रकार
- प्रयोगका आधारमा चिठीका प्रकार:
- व्यक्तिगत चिठी (Personal letter):कुनै व्यक्ति वा निकायले अर्को व्यक्ति वा निकायलाई कुनै खास विषयमा व्यक्तिसँग मात्र सम्वन्ध राख्ने बस्तुको आधारमा लेखेको पत्रलाई व्यक्तिगत पत्र भनिन्छ ।
- व्यवसायिक पत्र (Business Letter):व्यवसायिक कारोवारको सिलसिलामा एक संस्थाले अर्को संस्थालाई दिने पत्रलाई व्यवसायिक पत्र भनिन्छ ।
- सरकारी पत्र (Government Letter):एक सरकारी कार्यालयले अर्को सरकारी कार्यालयलाई वा सरकारी कार्यालयबाट अन्य कार्यालय र व्यक्तिलाई सरकारी कार्यालयले लेख्ने पत्रलाई सरकारी पत्र भनिन्छ ।
- आवेदन पत्र (Application Letter):कुनै व्यक्ति वा कर्मचारीले आफ्नो विशेष कामको लागी सरकारी, व्यवसायिक, शिक्षण तथा संघसंस्था आदिमा व्यवहार गर्ने पत्रलाई आवेदन पत्र भनिन्छ ।
- प्राथमिकताका आधारमा चिठीका प्रकार:
नेपाल सरकारको सुशासन व्यवस्थापन तथा सञ्चालन नियमावली, २०६५ तथा आन्तरिक व्यवस्थापन कार्यावधिमा उल्लेख भए अनुसार प्राथमिकताका आधारमा कार्य फछ्यौट बारे पत्रहरुलाई निम्नानुसार वर्गीकरण गर्न सकिन्छ ।
- साधारण पत्र:कुनै कार्यालयवाट कार्य फछर्योटका लागि केही कुरा जानकारी प्राप्त गर्न लेखि आएको पत्र साधारण पत्र हो । यो आफैले फछ्यौट गर्नु परेमा ७ दिन र माथिल्लो तहमा पेश गर्नु परेमा ३ दिन भित्र पेश गरी कार्य फछ्यौट गर्नु पर्दछ ।
- जरुरी पत्र:यस्तो पत्र आफैले फछर्योट गर्नु परेमा ५ दिन र माथिल्लो तहमा पठाउनु परेमा २ दिनसम्ममा पेश गर्नु पर्दछ ।
- अति जरुरी:यस्ता पत्रहरु कहिलेकाही प्राप्त हुनसाथ कारवाही गरिहाल्नु पर्ने हुन सक्छ । अन्यथा आफैले फछ्यौट गर्नु परेमा ३ दिन र माथिल्लो तहमा पठाउनु पर्ने भएमा १ दिनमा फछर्योट गर्नु पर्दछ ।
- तुरुन्त:यस्ता खालका पत्र प्राप्त हुनसाथ फछर्योट गरिहाल्नु पर्दछ । यदि कार्यालय समय सकिने बेलामा प्राप्त भए भोलिपल्ट कार्यालय खुल्नसाथ फछ्यौट गर्नु पर्छ ।
- गोप्य पत्र
- अतिगोप्य पत्र
चिठी पत्रका भागहरु:
१) शीर्षक
२) भित्री ठेगाना
३) विषय
४) अभिवादन
५) व्यहोरा
६) अन्तिम अभिवादन
७) दस्तखत, नाम र दर्जा
८) संलग्न कागजात
९) पुनश्च
सरकारी कार्यालयमा प्रयोग गरिने चिठी पत्रमा ध्यान दिनु पर्ने कुराहरु:
- पत्रसंख्या, चलानी नं, मिति उल्लेख गर्नु पर्दछ ।
- सम्बोधन, विषय, बोधार्थ तथा कार्यार्थ स्पष्ट रुपमा उल्लेख गर्नु पर्दछ ।
- पदाधिकारीको नाम तथा हस्ताक्षर हुनु पर्दछ ।
- कार्यालयको छाप लगाउनु पर्ने हुन्छ ।
- कार्यालयको लेटरप्याडमा चिठीपत्र लेख्नुपर्छ ।
- गोपनीयता र प्राथमिकता खुलाउनु पर्ने हुन्छ ।
दर्ता (Registration)
- कार्यालयमा आएका चिठी पत्र एवं कागजातहरु प्राप्त हुनसाथ सुरुको अभिलेख राख्ने कार्यलाई दर्ता भनिन्छ ।
- कुनै पनि कार्यालयमा दर्ता शाखा, दर्ता गर्ने किताब र दर्ता गर्ने कर्मचारी रहेको हुन्छ । कुन पत्र कहाँबाट केका लागि आयो भन्ने अभिलेखका लागि दर्ता आवश्यक हुन्छ ।
दर्ता किताबमा उल्लेख हुनु पर्ने विषयहरु:
- दर्ता नम्बर
- दर्ता मिति
- पत्र तथा निवेदनको संख्या
- पत्र तथा निवेदनको विषय
- पत्र पठाउने कार्यालयको नाम र ठेगाना
- पत्रमा उल्लेखित चलानी नम्बर
- पत्र तथा निवेदन सम्बन्धित जिम्मेवार शाखा
- पत्र बुझिलिने व्यक्ति सम्बन्धि महल
दर्ता किताबको नमूना
नेपाल सरकार
कार्यालय/विभाग/मन्त्रालय
| क्र.सं | दर्ता नं. | दर्ता मिति | प्राप्त पत्रको चलानी नं. | पठाउने कार्यालयको नाम र ठेगाना | पत्रको विषय | बुझिलिने फाँटवाला | कैफियत |
| :— | :— | :— | :— | :— | :— | :— | :— |
| | | | | | | नाम | सहि | मिति | |
| | | | | | | | |
दर्ताको आवश्यकता र महत्व:
- कार्यालयमा प्राप्त भएका चिठी पत्र एवं कागजातहरुको प्रारम्भिक अभिलेख राख्न
- कुन पत्र कहिले कहाँबाट प्राप्त भयो सो बारे जानकारी प्राप्त गर्न सकिने
- कार्यालयमा प्राप्त भएका पत्र र निवेदनहरुको संगतिपूर्ण कारवाही अघि बढाउन
- अभिलेख व्यवस्थापनलाई चुस्त दुरुस्त राख्न
- कार्यालयमा प्राप्त भएको पत्रको कारवाही के-कस्तो भएको छ सो बारे जानकारी गर्न सकिने ।
- कार्यालयमा प्राप्त पत्रको सुरक्षा गर्न
- अनुगमन र मूल्याङ्कनलाई सहयोग गर्न
- कार्यालयवाट प्राप्त पत्र हटाउने सम्भावना कम हुन्छ ।
चलानी (Dispatch)
- कुनै पनि सरकारी कार्यालय वा व्यवसायिक प्रतिष्ठानले आफ्नो कार्यालयबाट बाहिर पठाउने पत्रलाई कार्यालयको रेकर्ड किताबमा नम्बर चढाई, आर्थिक वर्ष समेत उल्लेख गरी अन्य कार्यालय वा प्रतिष्ठानलाई पठाउने कार्यलाई नै चलानी भनिन्छ ।
चलानी पुस्तिकाको नमूना:
नेपाल सरकार
कार्यालय/विभाग/मन्त्रालय
| क्र.सं | चलानी नं. | चलानी मिति | पाउने कार्यालयको नाम र ठेगाना | पत्रको विषय | पाउने कार्यालयको नाम र ठेगाना | हुलाक किताब नं. | कै. |
| :— | :— | :— | :— | :— | :— | :— | :— |
चलानीका उदेश्य र महत्व:
- कार्यालयको अभिलेख व्यवस्थापन गर्न सहयोग पुऱ्याउँछ ।
- कार्यालयबाट पठाउने चिठीको सम्बन्धमा जानकारी पाउन ।
- पत्रहरुको विवरण अद्यावधिक गरी सुरक्षा गर्न ।
- कार्यालयको समय र साधनको बचत गर्न ।
- भविष्यमा प्रमाणका रुपमा पेश गर्न ।
- निश्चित समयभित्र कार्यालयवाट के-कति चिठी पत्र चलानी भए बारे जानकारी पाउन ।
चलानी किताबका महलहरु:
- क्र.सं.
- चलानी मिति
- चलानी नम्बर
- पत्रको (पत्रसंख्या र मिति)
- पठाउनेको नाम
- विषय
- पत्र संख्या र किताव नम्बर
- चलानी समय
- बुझि लिनेको (नाम, सही, मिति)
- कैफियत
परिपत्र (Circular):
- परिपत्र एक प्रकारको सूचना हो जुन एक कार्यालयले आफ्ना मातहातका कार्यालयमा पठाउने गर्दछ ।
- कुनै पनि सूचना, निर्देशन एकभन्दा अधिक कार्यालयसँग सम्बन्ध रहन्छ त्यो सरकारी पत्र नै परिपत्र हो । उदाहरणका लागि गृह मन्त्रालयले आफ्ना ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई कुनै औपचारिक निर्देशन दिनु ।
परिपत्रका प्रकार:
१) सिधै पठाइएको परिपत्र: मातहतका कार्यालयमा सिधै पठाइएको परिपत्र यस प्रकारको परिपत्र हो । जस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिधै स्थानीय तहहरुमा पठाइएको परिपत्र ।
२) तह तह हुँदै पठाइएको परिपत्र: मातहतका कार्यालयमा सिधै परिपत्र नगरी तह-तह पठाइएको परिपत्र यस प्रकारको परिपत्र हो । जस्तै मन्त्रालयले विभाग, शाखा, उपशाखा हुँदै कार्यालयमा पठाइएको परिपत्र ।
३) व्यापारिक परिपत्र: यस किसिमको परिपत्र व्यापार व्यवसायसँग सम्वन्धित हुन्छ ।
४) गैरव्यापारिक परिपत्र: यस किसिमको परिपत्रलाई व्यक्तिगत र साझा परिपत्र गरी २ भागमा वर्गीकरण गर्न सकिन्छ ।
तोक आदेश (Order):
- कुनै पनि विषयमा वा निवेदनमाथि अधिकार प्राप्त अधिकारीले के-कस्तो काम कारवाही गर्ने हो, सो बारेमा त्यसै पत्रमा लिखित रुपमा दिने निर्देशनलाई तोक आदेश भनिन्छ ।
- तोक आदेशको अर्थ तोकेर आदेश दिने हो । यसमा माथिल्लो तहको कर्मचारीले तल्लो तहको कर्मचारी वा शाखालाई तोकेर काम गर्न निर्देशन दिन्छ ।
टिप्पणी लेख्न (Memo Writing):
- कुनै पनि निर्णय गर्नका लागी राय सहित प्रस्तुत गरिएको औपचारिक दस्तावेज नै टिप्पणी हो ।
- कुनै पनि कार्यालय, संघ संस्थाहरुले कुनै विषयको कार्यवाहीको निमित्त महत्वपूर्ण कार्यको निर्णय गर्नु गराउनु परेमा, मौजुदा प्रचलित नियम विनियम फेरवदल गर्नु परेमा वा नीति निर्धारण गर्नु परेमा यस्तो कार्य गर्न तल्लो तह देखी नै उठाइएको रायलाई टिप्पणी भनिन्छ ।
टिप्पणीमा हुनु पर्ने गुणहरु:
- सरलता
- शिष्टता
- स्पष्टता
- आकर्षकता
- शुद्धता
- वैधता
- सान्दर्भिकता
- मौलिकता
- प्रभावकारिता
टिप्पणीका मूख्य तत्वहरु:
- अग्र भागमा:
- कार्यालयको नाम र ठेगाना
- टिप्पणी नम्बर र मिति
- विषय
- माग र आवश्यकता
- मध्य भागमा:
- विषयको पूर्ण व्यहोरा
- मागको व्यहोरा
- कानूनी व्यवस्थाहरु
- निर्णयको आधार र कारणहरु
- राय, सल्लाह र ठहर
- टिप्पणी तयार कर्ताको नाम, पद र हस्ताक्षर
- राय दिनेको नाम, पद र हस्ताक्षर
- अन्त्य भागमा:
- निर्णयको व्यहोरा
- स्पष्ट विकल्पको छनोट
- निर्णय गर्ने पदाधिकारीको नाम, पद, हस्ताक्षर र मिति
टिप्पणी तयार गर्दा ध्यान दिनु पर्ने कुराहरु:
- जुन विषयको टिप्पणी लेखिने हो सो समस्याको छोटकरीमा विवरण स्पष्ट उल्लेख गर्नु पर्दछ ।
- निर्णय गराउन खोजिएको विषयमा प्रचलित ऐन, नियम र निर्णय गर्नु पर्ने नीति सम्बन्धि बुँदाहरुसँगको सम्बन्ध स्थापित गरिनु पर्दछ ।
- परेको समस्या खुलाई विश्लेषण गरेर वास्तविकता प्रस्तुत गर्नु पर्दछ । राय लेख्ने अधिकार प्राप्त व्यक्तिले निर्णय गर्ने आधारको उपयुक्त सुझाव दिनु पर्छ ।
- टिप्पणी लेख्दा प्रस्तुत गरिएका कुराहरु खुल्ने प्रमाणित कागजात क्रमिक रुपले पञ्जिका बनाई राख्नु पर्छ ।
- समस्याभित्र परेका नीति सम्बन्धि कुराहरु राम्रोसँग टिप्पणीमा दर्शाउनु पर्छ ।
- टिप्पणी तयारकर्ताले टिप्पणीको विषय वस्तुसँग सम्वन्धित समस्याहरु र सोको समाधानका उपायहरु पनि स्पष्टसँग उल्लेख गर्नु पर्दछ ।
- टिप्पणी तयार गरि सके पछि सम्वन्धित व्यक्ति वा पक्षले राम्ररी पढेर रुजु गरी सबै कागजात पुगे नपुगेको जाँच गरेर मात्र दस्तखत गर्नु पर्छ ।
- प्रत्येक टिप्पणी पानामा हस्ताक्षर गरी आफूभन्दा माथिल्लो तहमा पेश गर्नु पर्दछ ।
- कुनै एक शाखाको टिप्पणीमा अर्को शाखाको राय आवश्यक पर्ने भएमा शाखा प्रमुख मार्फत नै राय माग गर्नु पर्ने ।
1.1.6 अभिलेख व्यवस्थापन (Record Management)
अभिलेखको परिचय:
भविष्यमा आवश्यक छ भनी सुरक्षित गरेर राखिएका दस्तावेजहरुलाई अभिलेख भनिन्छ । कुनै पनि महत्वपूर्ण निर्णय, कागजात, तथ्याङ्क, सूचना, लिखित लेख, कार्यालयका कागजातहरु तथा पछिसम्म काम लाग्ने, प्रयोगमा आउन सक्ने, प्रमाणको रुपमा आवश्यक हुन सक्ने आदि लिखतहरु नै अभिलेख हुन् ।
अभिलेखका प्रकारहरु:
१) अति महत्वपूर्ण अभिलेख:
* कहिल्यै नधुल्याउने र नष्ट नगरिने अभिलेख जस्तै नेपालको समय समयको नक्सा, अन्तराष्ट्रिय सन्धि सम्झौता सम्वन्धि महत्वपूर्ण कागजात ।
२) महत्वपूर्ण अभिलेख:
* १० देखि २० वर्षसम्म राखिने खालका जस्तै : वित्तीय विवरण, ठेक्कापट्टा सम्बन्धि अभिलेख, बोलपत्र सम्बन्धि अभिलेख आदि
३) उपयोगी अभिलेख:
* सामान्यता १ देखि १० वर्षसम्म राखिने अभिलेख जस्तै : परिपत्र, बिल, भरपाई, वार्षिक प्रतिवेदन आदि ।
४) अनावश्यक वा साधारण अभिलेख:
* सामान्यता १ वर्षमा नष्ट गरिने अभिलेख जस्तै : निमन्त्रणा कार्ड, शुभकामना पत्र ।
अभिलेख व्यवस्थापन:
अभिलेख व्यवस्थापन भन्नाले सूचना, तथ्याङक वा प्रमाणहरुलाई सुरक्षित ढङ्गबाट सजिलै प्राप्त हुन सक्ने गरी भण्डारण गर्ने र अनावश्यक भएका कागजातहरुलाई छुट्याउने प्रणाली हो ।
असल अभिलेख व्यवस्थापनमा हुनु पर्ने गुणहरु:
- S = Specific (विशिष्ट)
- U = Up to date (अद्यावधिक)
- R = Reliable (विश्वसनीय)
- P = Precise (सांक्षिप्त)
- R = Relevant (सान्दर्भिक)
- I = Information (सूचनामूलक)
- S = Spontaneous (स्वभाविक)
- E = Evidence (प्रमाणिक)
अभिलेख व्यवस्थापनका सिद्धान्तहरु:
- प्रभावकारिताको सिद्धान्त
- नियमितताको सिद्धान्त
- मितव्ययिताको सिद्धान्त
- कार्यदक्षताको सिद्धान्त
- बहुउपयोगिताको सिद्धान्त
- संरक्षणको सिद्धान्त
- वर्गीकरणको सिद्धान्त
- संचारको सिद्धान्त
- धुलाई सिद्धान्त
- पहुँचको सिद्धान्त
- वितरणको सिद्धान्त
अभिलेख व्यवस्थापन चक्र:
अभिलेख व्यवस्थापन एक चक्रीय प्रणाली हो । अभिलेखको सिर्जना वा प्राप्ति, वर्गीकरण, भण्डारण र संरक्षण, हस्तान्तरण र विसर्जनसम्मको समष्टि चक्रलाई अभिलेख व्यवस्थापन चक्र भनिन्छ । यो संगठनमा निरन्तर हुने कार्य हो । अभिलेख व्यवस्थापन चक्रलाई निम्नानुसार चित्रमा प्रस्तुत गर्न सकिन्छ ।
[टिप्पणी: निम्न प्रवाह चित्र मूल कागजातमा रेखाचित्रको रूपमा प्रस्तुत गरिएको छ।]
- प्राप्ति वा सिर्जना (सूचना, जानकारी तथा तथ्याङ्क)
↓ - वर्गीकरण
- महत्वका आधारमा
- उपयोगिताको आधारमा
- मिति र विषयको आधारमा
↓
- भण्डारण
- कम स्थान, लागत र समय
- सम्भव भए डिजिटल
- पहुँचयोग्य
↓
- संरक्षण
- चोरी, भौतिक, जैविक
↓
- चोरी, भौतिक, जैविक
- धुलाई
- अभिलेख धुल्याउने, नष्ट गर्ने वा सडाउने
↓
- अभिलेख धुल्याउने, नष्ट गर्ने वा सडाउने
- उपयोग र संचार
- कार्यालय सञ्चालन, प्रमाणको रुपमा स्थायी भण्डारण ।
(यो चक्र पुनः प्राप्ति वा सिर्जनामा फर्कन्छ)
- कार्यालय सञ्चालन, प्रमाणको रुपमा स्थायी भण्डारण ।
सरकारी कागजात धुलाउने नियमहरु २०२७ अनुसार देहायका समयसम्म सुरक्षित राख्नु पर्छ:
- १ वर्ष पश्चात धुलाउने कागजातहरु:
- दैनिक तथा अर्धवार्षिक प्रतिवेदन/वार्षिक प्रतिवेदन
- सरुवा पत्र
- बैठक बस्ने पत्र
- विदाका निवेदन आदि ।
- ३ वर्ष पश्चात धुलाउने:
- निर्माण कार्य सम्बन्धि ठेका
- अनुदान सम्बन्धि कागजात
- लेखापरीक्षण सम्पन्न कागजात
- ५ वर्ष पश्चात धुलाउने:
- सरकारी स्तरबाट विदेशमा पठाइने बधाई, शुभकामना, समवेदना पत्र
- कर्मचारीको हाजिरी
- प्रगति प्रतिवेदन
- परिपत्र आदि ।
- १० वर्ष पश्चात धुलाउने:
- हातहतियार इजाजत
- भित्र राष्ट्रको प्रतिनिधि भ्रमण सम्बन्धि ।
- कर्मचारी दरबन्दी आदेश ।
- २० वर्ष पश्चात धुलाउने:
- राहदानी मूल किताब
- निर्माण सम्वन्धि
- स्थायी रुपमा राख्नु पर्ने:
- विदेशी राष्ट्रसँग भएको सम्झौता
- देशका नक्सहरु
- मन्त्रिपरिषदको निर्णयहरु
- लालमोहर लागेको कागज
- देश को सिमाना सम्बन्धित लेखा
- कर्मचारीको सिटरोल
- आयोगको प्रतिवेदन
- देशको शान्ति सुरक्षा सम्बन्धित महत्वपूर्ण कागजात
1.2 निजामति सेवा र नियमावलीमा (Civil Service Act and Regulation)
1.2.1 निजामति सेवाको परिचय (Civil Service)
नेपालको संविधानको धारा २४३ मा निजामति सेवाको पद भन्नाले सैनिक वा नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल, नेपालको कर्मचारीको सेवाको पद तथा निजामति सेवाले पद होइन भनी ऐन बमोजिम तोकिएको अन्य सेवाको पद बाहेक नेपाल सरकारका अरु सेवाको पद सम्झनु पर्छ । नेपालको संविधानको धारा २८५ मा सरकारी सेवाको गठन सम्बन्धि व्यवस्था रहेको छ ।
निजामति सेवाको विकासक्रम (Development of Civil Service):
- निजामति सेवाको सुरुवात प्राचीन चीनको हान वंशले (इ.पू. २०६-२२०) मा गरेको थियो ।
- नेपालमा निजामति सेवाको विकासक्रम:
- नेपालको अन्तरिम शासन विधान २००७ मा लोकसेवा आयोग (Public Service Commission) व्यवस्था गरियो ।
- लोक सेवा आयोगको स्थापना – २००८ साल असार १ गते
- नेपालमा पहिलो पटक २०१३ साल भदौ २२ गते निजामति ऐन बनेको थियो ।
- नेपालमा प्रत्येक वर्ष भदौ २२ गते निजामति दिवश मनाईन्छ ।
- नेपालमा पहिलो पटक निजामति सेवा नियमावली २०२१ मा जारी भएको ।
- हाल लागु भएका निजामति सेवा ऐन २०४९ र नियमावली २०५० रहेका छन् ।
निजामति सेवा ऐन २०४९ (Civil Service Act 2049):
- परिच्छेद (Section): १०
- दफा (Dafa): ७६
- प्रमाणिकरण (Approved): २०५०/०२/०४
- पहिलो संशोधन (First amendment): २०५५/३/२९
- दोस्रो संशोधन (Second amendment): २०७४/०४/२३
- तेस्रो संशोधन (Third amendment): २०७०/१२/१२
- चौथो संशोधन (Fourth amendment): २०७२/०३/२९
निजामति सेवा नियमावली-२०५० (Civil Service Regulation 2050):
- परिच्छेद (Section): १६
- दफा (Dafa): १३८
- अनुसूची (Schedule): १९
- प्रमाणिकरण (Approved): २०५०/०३/२८
- जम्मा १५ पटक संशोधन भएको ।
- पहिलो संशोधन (First amendment): २०५०/०७/०३
- अन्तिम संशोधन (Last amendment): २०७६/०१/३०
निजामति सेवाको गठन:
निजामति सेवा ऐन, २०४९ को दफा ३ बमोजिम नेपाल सरकारले देहाय बमोजिमका निजामति सेवाहरुको गठन गरेको छ ।
- नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा
- नेपाल इन्जिनियरिङ सेवा
- नेपाल कृषि सेवा
- नेपाल न्याय सेवा
- नेपाल परराष्ट्र सेवा
- नेपाल प्रशासन सेवा
- नेपाल लेखा परिक्षण सेवा
- नेपाल वन सेवा
- नेपाल विविध सेवा
- नेपाल शिक्षक सेवा
निजामति सेवाका श्रेणी:
| राजपत्रांकित | राजपत्र अनंकित |
| :— | :— |
| विशिष्ट | प्रथम |
| प्रथम | द्वितीय |
| द्वितीय | तृतीय |
| तृतीय | चतुर्थ |
| | पाँचौ |
निजामति सेवाको पदपूर्ति (Vacancy Fulfillment):
| पद | खुल्ला प्रतियोगिता | कार्यक्षमताको मूल्यांकनद्वारा | बढुवा (आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा) | बढुवा (जेष्ठता र कार्य सम्पादन मूल्यांकनद्वारा) |
| :— | :— | :— | :— | :— |
| श्रेणी विहिन/राजपत्र अनंकित पाँचौ | १००% | | | |
| राजपत्र अनंकित द्वितीय श्रेणी | ७०% | | २०% | १०% |
| राजपत्र अनंकित प्रथम श्रेणी | ७०% | २०% | | १०% |
| राजपत्राङ्कित तृतीय श्रेणी | ७०% | | | ३०% |
| राजपत्राङ्कित द्वितीय श्रेणी | १०% | ३५% | २०% | ३५% |
| राजपत्राङ्कित प्रथम श्रेणी | १०% | ३५% | २०% | ३५% |
निजामति सेवामा समावेशीकरण:
खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने पदहरु मध्ये ४५% पद छुट्याई सो प्रतिशतलाई १००% मानी देहाय बमोजिमका उम्मेदवार बीचमा मात्रै छुट्टाछुट्टै प्रतिस्पर्धा गराई पदपूर्ति गरिनेछ ।
- महिला – ३३%
- आ.ज. – २७%
- मधेसी – २२%
- दलित – ९%
- अपाङ्ग – ५%
- पि.क्षे. – ४%
- जम्मा – १००%
पिछडिएको क्षेत्र अन्तर्गत डोल्पा, हुम्ला, जुम्ला, मुगु, कालिकोट, बझाङ, बाजुरा, जाजरकोट र अछाम गरि ९ जिल्ला को व्यवस्था छ ।
निजामति सेवामा कर्मचारी भर्ना तथा छनौटका चरणगत प्रक्रिया:
१) वार्षिक कार्यतालिका प्रकाशन
२) पाठ्यक्रम निर्धारण तथा परिमार्जन
३) रिक्त पदको माग संकलन
४) पदपूर्ति प्रतिशत निर्धारण
५) विज्ञापन प्रकाशन
६) दरखास्त संकलन
७) प्रश्नपत्र निर्माण
८) लिखित परीक्षा सञ्चालन
९) उत्तर पुस्तिका परीक्षण
१०) लिखित परीक्षाको नतिजा प्रकाशन
११) प्रयोगात्मक परीक्षा सञ्चालन
१२) सामुहिक छलफल तथा व्यक्तिगत अन्तर्वार्ता
१३) योग्यताक्रम सहितको अन्तिम नतिजा प्रकाशन
१४) नियुक्ती सिफारिस
1.2.3 कर्मचारी नियुक्ती
- निजामति सेवाको कुनै पद रिक्त भएमा त्यसको सूचना पद रिक्त भएको ३० दिनभित्रमा सम्बन्धित निकायले लोक सेवा आयोगलाई दिई सोको जानकारी सामान्य प्रशासन मन्त्रालयलाई दिनु पर्छ ।
- लोकसेवा आयोगबाट खुल्ला प्रतियोगिताद्वारा सिफारिस भएका उमेदवारलाई सिफारिस पत्र दाखिला भएको मितिले राजपत्रांकित पदको हकमा २ महिनाभित्र र राजपत्र अनंकित पदको हकमा १५ दिनभित्र नियुक्ती दिनु पर्दछ ।
निजामति सेवामा नियुक्ती दिने अधिकार:
१) राजपत्रांकित पदमा: नेपाल सरकारले सूचना राजपत्रमा प्रकाशित गरे
२) राजपत्र अनंकित पदमा: विभागीय प्रमुखले ।
- सुरुमा नियुक्ती हुँदा ३५ दिनभित्र हाजिर हुनु पर्ने र सरुवा भएको खण्डमा २१ दिनभित्र हाजिर हुनु पर्ने ।
- परीक्षण काल: महिला कर्मचारीको हकमा ६ महिना र पुरुष कर्मचारीको हकमा १२ महिना हुन्छ ।
सरुवा अवधि:
१) ‘क’ वा ‘ख’ वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा कम्तीमा डेढ वर्षको अवधिसम्म काम गरिसकेको कर्मचारीलाई ‘ग’ र ‘घ’ वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा कम्तिमा २ वर्षको लागि ।
२) ‘ग’ र ‘घ’ वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा कम्तिमा २ वर्षको अवधि काम गरिसकेको कर्मचारीलाई (क) वा (ख) वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा कम्तिमा २ वर्षको लागी ।
निजामति कर्मचारीको कार्यक्षमताको मूल्यांकन गर्दा देहाय बमोजिम बढीमा १०० अङ्क दिइन्छ:
१) कार्य सम्पादन मूल्याङ्कन वापत – ४० अङ्क
२) ज्येष्ठता वापत – ३० अङ्क
३) शैक्षिक योग्यता वापत – १२ अङ्क
४) भौगोलिक क्षेत्रमा काम गरेवापत – १६ अङ्क
५) तालिम वापत – २ अङ्क
निजामति कर्मचारीले पाउने विदा:
निजामति सेवा ऐन २०४९ को दफा ७१ बमोजिम निजामति कर्मचारीले पाउने विदाहरु देहाय बमोजिम रहेका छन् ।
- भैपरी तथा पर्व विदा
- घर विदा
- विरामी विदा
- प्रसूति विदा
- प्रसूति स्याहार विदा
- क्रिया विदा
- अध्ययन विदा – एकै पटक वा पटक-पटक गरी जम्मा ३ वर्ष सम्म
- असाधारण विदा
- बेतलवी विदा: एकै पटक वा पटक-पटक गरी बढिमा ५ वर्ष सम्म ।
विभागीय सजाय:
निजामति सेवा ऐन, २०४९ को दफा ५९ बमोजिम उचित र पर्याप्त कारण भएमा निजामति कर्मचारीलाई देहाय बमोजिमका विभागीय सजाय गर्न सकिन्छ ।
- सामान्य सजाय (General punishment):
- नसिहत दिने
- २ वर्षसम्म बढुवा रोक्का गर्ने वा बढीमा दुई तलव वृद्धि रोक्का गर्ने ।
- (२-५) वर्ष सम्म बढुवा रोक्का गर्ने वा (२-५) सम्म तलब वृद्धि रोक्का गर्ने ।
- विशेष सजाय (Specific punishment):
- भविष्यमा सरकारी सेवाको निम्ति अयोग्य नठहरिने गरी सेवाबाट हटाउने ।
- भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिने ।
अवकाश (Retirement):
निजामति कर्मचारीको उमेर ५८ वर्ष पुरा भएमा निजामति सेवावाट स्वतः अवकाश पाउने व्यवस्था रहेको छ ।
- निबृतभरण (Pension): आखिरी महिनाको तलब X सेवा अवधि (वर्षमा) / 50
नेपालमा pension दिने व्यवस्था राणा प्रधानमन्त्री जुद्ध शमशेर ले गरेको थियो |
- उपदान (Gratuity):
a. (५-१०) सेवा गरेको भए प्रत्येक वर्षको लागि आधा महिनाको तलब X सेवा अवधि (वर्षमा)
b. (१०-१५) सेवा गरेको भए प्रत्येक वर्षको लागि आधा महिनाको तलब X सेवा अवधि (वर्षमा)
c. (१५-२०) सेवा गरेको भए प्रत्येक वर्षको लागि आधा महिनाको तलब X सेवा अवधि (वर्षमा) - परिक्षण काल (Probation period): पुरुष कर्मचारीको हक मा १२ महिना र महिला कर्मचारीको हकमा ६ महिना हुन्छ ।
1.2.4 निजामति कर्मचारीले पालन गर्नु पर्ने आचरणहरु (Conduct)
निजामति सेवा ऐन २०४९ को परिच्छेद ७ को दफा (४७-५५) सम्म निजामति कर्मचारीले पालन गर्नु पर्ने आचरणहरु निम्न छन् ।
- समय पालना र नियमितता
- अनुशासन र आज्ञापालन
- राजनैतिक वा अवाञ्छनीय प्रभाव पार्न नहुने
- राजनीतिमा भाग लिन नहुने ।
- सरकारको आलोचना गर्न नहुने ।
- सरकारी कामकाज सम्बन्धि समाचार प्रकाशन गर्नमा प्रतिवन्ध ।
- दान, उपहार, चन्दा आदि प्राप्त गर्न र सापटी लिनमा प्रतिवन्ध ।
- कम्पनी स्थापना र सञ्चालन तथा व्यापार व्यवसाय गर्न नहुने ।
- निर्वाचनमा भाग लिन नहुने ।
- अन्यत्र नोकरी वा सेवा गर्न नहुने ।
- स्थायी आवासीय अनुमति लिन नहुने ।
- प्रदर्शन र हडताल गर्न प्रतिबन्ध ।
- प्रतिनिधित्व गर्नमा प्रतिवन्ध ।
- सम्पत्ति विवरण फारम भर्नु पर्ने ।
- यातना दिन नहुने ।
- सेवा ग्राही प्रति मर्यादित व्यवहार गर्नु पर्ने ।
- आफ्नो सेवा र पद अनुसारको आचरण पालन गर्नु पर्ने ।
1.3 सरकारी बजेट, लेखा र लेखापरीक्षण (Government Budget, Accounting, and Auditing)
Budget भन्ने शब्द Latin भाषाको बेग (bauge) र French भाषाको bougette बाट आएको हो, फ्रेन्च भाषामा bougette को अर्थ छालाको सानो थैली भन्ने हुन्छ ।
बजेट (Budget):
सामान्यतया बजेट भनेको कुनै खास आर्थिक वर्षको लागी सरकारको आम्दानी र खर्चको विवरण सहित घोषणा गरिने कार्यक्रमको संगालो हो । तर बजेटलाई यतिमै सिमित गर्न सकिदैन । बजेट न सरकारको राजनीतिक, आर्थिक र सामाजिक घोषणा पत्र हो ।
विश्वमा वर्षमा २ पटक बजेट ल्याउने देश फ्रान्स हो भने २ वटा शीर्षकमा बजेट ल्याउने देश भारत हो ।
इतिहास:
- सन १९३३: बेलायतका तत्कालिन प्रधानमन्त्री खर्ट वालपोलले सुरुवात गरेका हुन् ।
- वि.सं. २००८ माघ २१ गते: नेपालमा तत्कालिन प्रधानमन्त्री मातृका प्रसाद कोइरालाको पालामा तत्कालिन अर्थमन्त्री सुवर्ण शमशेर राणाबाट प्रस्तुत गरिएको थियो ।
- नेपालमा पहिलो पल्ट प्रस्तुत गरिएको बजेटको अनुमानित राजस्व ३.०५ करोड र अनुमानित व्यय ५.२५ करोड थियो ।
- नेपालमा आर्थिक वर्ष २०१३/१४ देखि बजेटलाई साधारण र विकास गरी दुई भागमा विभाजन गरिएको हो ।
बजेट निर्माण प्रक्रिया:
१. बजेट अनुमान
२. बजेट स्वीकृत
३. बजेट कार्यान्वयन
४. लेखा परिक्षण तथा मुल्यांकन
संघीयतामा बजेट:
| तह | कहिले पेश गर्ने | संवैधानिक व्यवस्था | कसले पेश गर्छ |
| संघीय बजेट | जेठ १५ गते | संविधानको धारा ११९ | अर्थमन्त्री |
| प्रादेशिक बजेट | असार १ गते | अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ को दफा २१ | प्रदेश अर्थमन्त्री |
| स्थानीय तहको बजेट | असार १० गते | स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ | उपाध्यक्ष/उपप्रमुख |
आ.व. २०७९/८० को बजेट सम्बन्धि जानकारी:
| विवरण | जानकारी |
| प्रस्तुत भएको दिन | वि.स. २०७९/०२/१५ |
| प्रस्तुत भएको सदन | प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त सदन |
| प्रस्तुतकर्ता | अर्थमन्त्री जनार्दन शर्मा |
| बजेटका उद्देश्यहरु | ५ वटा |
| बजेटका प्राथमिकताका क्षेत्रहरु | ४ वटा |
| चालु आ.व. को आर्थिक वृद्धिदर | ५.८% हुने अनुमान |
| आगामी आ.व. को आर्थिक वृद्धिदर | ८% पुर्याउने लक्ष्य |
| मूल्य वृद्धि | ७.३% प्रतिशतमा रोक्ने लक्ष्य |
| मुद्रास्फीति | ७% मा राख्ने |
| बजेटको आकार | रु. १७ खर्ब ९३ अर्ब ८३ करोड |
| चालुतर्फ | रु. ७ खर्ब ५३ अर्ब ४० करोड |
| पुँजीगत तर्फ | रु. ३ खर्ब ८० अर्ब ३८ करोड |
| वित्तीय व्यवस्थापन तर्फ | रु. २ खर्ब ३० अर्ब २२ करोड |
| प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ | रु. ४ खर्ब २९ अर्ब ८३ करोड |
बजेटको प्रकार:
- आय र व्ययको आधारमा:
- सन्तुलित बजेट (Balanced Budget)
- घाटा बजेट (Deficit Budget)
- बचत बजेट (Surplus Budget)
- क्षेत्रगत खर्चको आधारमा:
- साधारण वा चालु बजेट (Recurrent Budget)
- पूँजीगत बजेट (Capital Budget)
- वित्तीय व्यवस्थापन (Financial Management)
- कार्य वा उद्देश्य आधारमा:
- कार्यक्रम बजेट (Program Budget)
- कार्यसम्पादन बजेट (Performance Budget)
- शून्यमा आधारित बजेट (Zero Based Budget)
आ.व. २०७९/८० को वार्षिक बजेटका मुख्य बुँदाहरु:
- संघीय संसदमा पेश: वि.सं. २०७९/०२/१५, अर्थमन्त्री जनार्दन शर्माद्वारा
- कूल बजेट: १७ खर्ब ९३ अर्ब ८३ करोड
- बजेटले आगामी आ.व. मा ८% को आर्थिक वृद्धिदर कायम राख्ने लक्ष्य राखेको छ ।
- स्वास्थ्य तथा जनसंख्या क्षेत्रमा कूल बजेट १ खर्ब ३ अर्ब ९ करोड (५.७५%)
- SDG को लक्ष्य हासिल गर्न स्वास्थ्य क्षेत्र रणनीति योजना (२०७९-२०८९) कार्यान्वयन गरिने छ ।
- ९८ प्रकारका औषधि निशुल्क उपलब्ध गराइनेछ ।
- मानव विकास सूचाङ्क (HDI) मा पछि परेका २५ वटा जिल्लाका विपन्न परिवारका सुत्केरीलाई ५००० पोषण खर्च उपलब्ध गराइने ।
- ५ वटा जिल्लाका ५ स्थानमा दमा सेन्टर स्थापना गरिने ।
आ.व. २०७९/८० को बजेट अनुसार स्वास्थ्य क्षेत्रका सूचकको अनुमान र लक्ष्य:
| सूचक | आ.व. २०७८/७९ सम्मको अनुमान | आ.व. २०७९/८० को अन्त्यमा हुने लक्ष्य |
| Institutional Delivery | 72% | 74% |
| CPR (Modern method) | 52% | 53% |
| 4th ANC Visit | 73% | 75% |
| Delivery by SBA | 71% | 73% |
| Vit A coverage in pregnant | 77% | 80% |